Connect with us
Kapilvast Forest

गान्धी जयन्तीको अवसरमा आज भारतलाई ‘खुल्ला दिसामुक्त’ घोषणा गरिने

२०७६, १५ आश्विन बुधबारमा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द मोदीले आज महात्मा गान्धीको १५० औं जन्मोत्सवका अवसरमा भारतलाई ‘खुल्ला दिसामुक्त’ घोषणा गर्दैछन् ।

नरेन्द्र मोदीले अहमदावादस्थित सावरमती नदी छेउमा उभिएर आफ्नो देश ‘खुल्ला दिसामुक्त’ क्षेत्र भएको घोषणा गर्ने योजना छ ।मोदीले २० हजार सरपञ्चको सहभागिता हुने सम्मेलन अघि उभिएर भारतलाई ‘खुल्ला दिसामुक्त’ घोषणा गर्दैछन् ।

‘२० हजारमध्ये झण्डै आधा सरपञ्च गुजरातका हुनेछन् र बाँकी अन्य प्रदेशका हुनेछन्,’ गुजरातका उप–मुख्यमन्त्री नितिन पटेलले भने ।‘देशलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर स्वच्छतातर्फको पहिलो कदम सफलतापूर्वक चालिएको छ,’ पटेलले भने ।

भारतका प्रधानमन्त्री मोदी साँझ ६ बजे अहमदावाद पुग्नेछन् । त्यहाँ उनी सबैभन्दा पहिले सावरमती आश्रममा पुगेर महात्मा गान्धीलाई श्रद्धान्जली दिनेछन् ।त्यसपछि मोदीले सावरमती नदी गएर ठूलो मानिस अघि भारतलाई ‘खुल्ला दिसामुक्त राष्ट्र घोषणा’ गर्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu