Connect with us
Kapilvast Forest

प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल सवार एकको मृत्यु

२०७६, १५ आश्विन बुधबारमा प्रकाशित

जनकपुरधाम । जनकपुरधाममा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार एक व्यक्तिको मृत्यु भएको छ । बुधबार विहान प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको हो । घटनामा एकजनाको मृत्यु र एक घाइते भएका छन ।

मृत्यु हुने धनुषा जिल्लाको धनौजी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा डेरा गरी बस्ने अन्दाजी वर्ष १८ का मनीष मण्डल रहेका छन ।जनकपुर अञ्चल अस्पताल स्रोतका अनुसार मोटरसाइकल सवार अर्का एकजना युवा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का १६ बर्षिय नजीरुल अंसारीको उपचार अहिले अञ्चल अस्पताल भइरहेको छ ।

अनटेस्ट २२० पल्सर बाइक र धनुषा प्रहरीको ना.१ ग. ४७९ नम्बरको प्रहरी भ्यान एक आपसमा ठोकिएको थियो ।

धनुषा प्रहरी स्रोतका अनुसार प्रहरीको ठुलो भ्यान सर सफाई गरी फर्कि रहेको बेला अत्यधिक गतिमा आएको बाइक गाडीमा ठोकिएर दुर्घटना भएका जानकारी दिए ।

दुर्घटना पश्चात तत्काल जनकपुर अञ्चल अस्पताल उपचारको लागि ल्याइएको मनिषलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu