Connect with us
Kapilvast Forest

चुनावको मुखैमा समाजवादि पार्टिमा सयौ जना प्रवेश

२०७६, १८ आश्विन शनिबारमा प्रकाशित

  • माधव बेल्बासे

कपिलवस्तु,  असोज।  कपिलवस्तुको शिवराज नगरपालिका १० मा हुने उपनिर्वाचनको मुखैमा समाजवादि पार्टीमा सयौ जनाको सख्यामा प्रवेश गरेका छन ।

लालपुरमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनिहरु प्रवेश गरेको समाजवादी पार्टी नेपाल शिवराज नगरसमितिले जनाएको छ ।

नेपाली काग्रेसका तिर्थ वहादुर रायमाझी,नेकपाका पंचराम लोनिय राजपाका जयकरण चमारको नेतृत्वमा उनिहरु प्रवेश गरेको पार्टीका नगर अध्यक्ष कृष्णकुमार चौधरीले वताए ।

समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा प्रदेश ईन्चार्ज दान वहादुर चौधरीले उनिहरुलाई टिका लगाएर स्वागत गरेका हुन । देशकै ठुलो शक्ति समाजवार्दी पार्टी हुने भन्दै देशैभरमा पार्टी प्रवेशको लहर चलेको उनले जनाए ।

कपिलवस्तुको शिवराज नगरपालिका १० मा यहि मंसिरमा हुने उप निर्वाचनमा समाजवादी पार्टीको जित निश्चित रहेको दावी गरे । कार्यक्रममा प्रदेश न ५ का संसदिय दलमा नेता सहसराम यादव,केन्द्रिय सदस्य नारायण खनाल,रामबरन यादव लगाएतले पार्टीमा एक ढिक्का भएर लाग्न आग्रह गरेका थिए । आज भएको उक्त कार्यक्रममा नेपाली काग्रेसका तिर्थ वहादुर रायमाझीलाई आगामी निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बनाउने घोषणा भएको पार्टीका नगर अध्यक्ष चौधरीले वताए ।

रायमाझी गत निवार्चनमा नेपाली काग्रेसका उम्मेदवार समेत थिए । कार्यक्रममा समाजावादी पार्टीका केन्द्रिय सल्लाहाकार इलियास मुसलमान,प्रदेश सदस्य शिवपुजन यादव,जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव,युवा संघका प्रदेश उपाध्यक्ष मेनाज खान लगाएतको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu