Connect with us
Kapilvast Forest

बुद्धशक्ती कराते डाजोद्धारा शुभकामना आदन प्रदान

२०७६, २० आश्विन सोमबारमा प्रकाशित

  • नवराज पौडेल, असोज २०,

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा मा दशैं विशेष शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । बुद्धशक्ती कराते डाजोको आयोजनामा आज चन्द्रौटा को मस्जित पछाडी रहेको आफ्नै हलमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी ले दशैको पुर्व सन्ध्यामा कार्यक्रम आयोजना गरेकोमा खुशी व्याक्त गर्दै खेलाडीहरु केही समय मनोरञ्जनका लागी मात्र नभई खेलकुद राज्य ,प्रदेश तथा स्थानिय निकायको प्राथामिकता रहेकाले निरन्तर आफ्नो स्वास्थ्य र देशको गौरवका लागी खेल्नुपर्ने बताउनु भयो ।

प्रदेशले अवका दिनमा खेलाडीलाई बोडस गरि खेलाडीको पढाई र खेलको सम्पुर्ण खर्च प्रदेशले व्यहोर्ने गरि सामाजिक विकास मन्त्रालयले व्यवस्था गर्न लागेको समेत जानकारी दिनु भएको छ । कराते र किके्रट खेलले देशको नाम अन्र्तराष्ट्रियस्तर सम्म पुराउन सफल भएकाले आगामी दिन अझै प्रगतीको कामना समेत गर्नुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बुद्ध शक्ती कराते डोजोले पछिल्लो समय मा नगरपालिका भित्र विभिन्न कार्यक्रमको आयोजना गरि नगरपालिका को नाम उच्च राख्न मदत गरेको बताउंदै नगरपालिका बाट हुने सहयोग गर्न आफु सदैव तप्पर रहेको बताउनु भयो । अधिकारीले खेलमा आफ्नो जिवनलाई एकाध्र बनाई समाज निर्माण ,राष्ट्र निमार्णमा लाग्न खेलाडीलाई आग्रह गर्नुभयो । आफ्ना घर वरपर छिमेक रहेका अन्य बाल बालिका लाई समेत खेलमा आवद्ध गराउन सुझाव दिंदै दशैं तिहार एंव छठ पर्व २०७६ सालको शुभकामना व्याक्त गर्नु भयो ।

कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,संजिनी सामुदायिक अस्पतालका अध्यक्ष टोपलाल पोख्रेल,नेपाली कांग्रेसका युवा नेता तथा पुर्व खेलाडी अजय थापा,लगाएतले कार्यक्रमलाई सम्बोधन गर्दै दशैं तिहार एंव छठ पर्व २०७६ सालको शुभकामना व्याक्त गर्न गर्नुभएको थियो ।

कार्यक्रम बुद्धशक्ती कराते डोजोका मुख्य प्रशिक्षक रामु सुनारको अध्यक्षता, प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी का प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारको विशिष्ट आतिथ्यता, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,संजिनी सामुदायिक अस्पतालका अध्यक्ष टोपलाल पोख्रेल,नेपाली कांग्रेसका युवा नेता तथा पुर्व खेलाडी अजय थापा, खेल पे्रमी राहुल खड्का,सन्तोस चौघरी लगाएतको आतिथ्यता रहेको थियो ।भने प्रशिक्षक नवराज पौडेलको संचालन कार्यक्रम सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu