Connect with us
Kapilvast Forest

विश्वकप फुटबल छनोटमा नेपाल र अष्ट्रेलिया भिड्दै

२०७६, २३ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं, असोज २३ । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार अष्ट्रेलियासित खेल्दैछ ।

खेल नेपाली समयानुसार दिउँसो पौने ३ बजे अष्ट्रेलियाको राजधानी क्यानबेरामा सुरु हुनेछ ।

लगातार विश्वकप फुटबलको अनुभव बटुलेको कठिन टोली अष्ट्रेलियाविरुद्ध उसैको मैदानमा हुने खेल नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ ।

खेलअगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्नेमा पूरा विश्वास रहेको बताएका छन् ।फिफा वरीयतामा नेपाल १६१औं स्थानमा छ भने अष्ट्रेलिया ४४औं स्थानमा रहेको छ ।

विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७–० को हार भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो ।

अष्ट्रेलियाले भने अहिलेसम्म खेलेको एकमात्र खेलमा कुवेतलाई ३–० ले हराएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu