Connect with us
Kapilvast Forest

मैले जित्नु र हार्नु भन्दा पनि देशले जितोस : प्रिया रानी

२०७६, २३ आश्विन बिहीबारमा प्रकाशित

श्रृखला खतिवडाले मिस वल्र्डको प्रतिस्पर्धा गरीरहदा नेपालको नाम चर्चाको शिखरमा थियोे । अनेकन प्राकृतिक सौन्दर्यता र बुद्धभुमिका रुपमा परिचित नेपाल सगरमाथाको देश भनेर विश्वले प्रशंसा गरीरहदा नेपाल र नेपालीको छाति गर्वले चौडा भएको थियो । जब जब देशलाई चिनाउने अवसर प्राप्त हुन्छ त्यसका लागी नेपाली युवाहरु कुनै पनि कसर बाकि छोड्दैन् ।

फेरी एक पटक देश लाई चिनाउने अवसर प्राप्त भएको छ । मलेसियमा भई रहेको मिस कस्मोपोलियन वल्र्ड २०१९ मा नेपालको तर्फ बाट प्रतिनिधीत्व गदै प्रिया रानी लामा देशलाई चिनाउने र जिताउने संर्घषमा होमिनु भएको छ । ७ अक्टोवर बाट सुरु भएको मिस कस्मोपोलियन वल्र्ड २०१९ मा ५० भन्दा बढि राष्ट्रका प्रतिस्पर्धीले सहभागीता जनाएका छन् ।

प्रतिस्पर्धाको फाईनल २५ अक्टोबरमा हुने प्रिया रानी लामाले जानकारी दिनु भयो । मलेसियामा भई रहेको मिस कस्मोपोलियन वल्र्ड २०१९ लाई मलेसियाले आयोजना गरेको हो । मेलेसियामा विभिन्न चरणका प्रतिस्पर्धा गरीरहनु भएकि लामालाई किन तपाई प्रतिस्पर्धामा , जित्छु भन्ने दृढता छ ? भनेर राखिएको जिज्ञासामा उहाँले मैले जित्नु र हार्नु भन्दा पनि देशले जितोस भन्ने चाहन्छु , जवाफ दिनु भयो ।

आफनै निजी ब्यवसाय संचालन गदै आउनु भएकी लामा अनवरत रुपमा संचार क्षेत्रमा सक्रिय ब्यक्तित्व हुनुहुन्छ । हेर्दा विदेशी नायीका जस्तै आर्कषक देखिने लामा सफल फेसन कोरियोग्राफर समेत हुनुुहन्छ । शिक्षा तर्फ लामाले मेडिकल माईक्रोबायोलोजीमा मास्टर डिग्री गरी सक्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu