Connect with us
Kapilvast Forest

सीको भ्रमणमा पाँच घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

२०७६, २५ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं । चिनियाँ राष्ट्रपतिको सी जिनपिङको आजदेखि हुने नेपालको राजकीय भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण करिब पाँच घण्टा बन्द हुने भएको छ भने विमानस्थल दुई दिन नै प्रभावित हुने भएको छ। चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० देखि ५:३० को बीचमा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ ।

शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टू एयरमेन) जारी गर्दैछ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो। विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भिभिआइपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्ने हुन्छ।

राष्ट्रपति सी आउँदा र फर्कँदा दुवै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ। राष्ट्रपति सी आउने बेला साढे दुई घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थलले जनाएको छ।

शनिबार यो समय दिउँसो २ बजेर ५५ मनिने देखि पाँच बजेर २५ मिनेटसम्मको लागि तोकिएको छ। आइतबार बिहान ११:२० देखि दिउँसो १:५० सम्म तोकिएको छ। राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ ।

दुई दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेकाे चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौंमा रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu