Connect with us
Kapilvast Forest

रोनाल्डोको नाममा स्टेडियम

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

पोर्चुगिज क्लब शीर्ष डिभिजन क्लब स्पोर्टिङ लिस्वनले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाममा रंगशालाको नामाकरण गर्ने भएको छ । स्पोर्टिङ लिस्वन क्लबका अध्यक्ष फेडरिको भरानडासले रोनाल्डो क्लबको सिम्वोल रहेकाले जोसे अलभालाडे स्टेडियमलाई रोनाल्डो नामाकरण गर्ने तयारी भएको बताएका छन् ।

‘रोनाल्डो पोर्चुगलका सान हुन् । उनी अहिले व्यावसायिक फुटबलमा जमिरहेका छन् । रोनाल्डोले सबै खाले फुटबलबाट सन्न्यासको घोषणा गरेको दिन उनको बाल्यकलको क्लब स्पोर्टिङको स्टेडियमलाई रोनाल्डोको नाममा नामाकरण गरिनेछ,’ फेडरिकोले भने । फेडरिकोले रोनाल्डो पोर्चुगलको मात्र नभई विश्वकै उत्कृष्ट खेलाडी भएको पनि बताए ।

फेडरिकोले स्टेडियमको नाम रोनाल्डो राख्दा नयाँ पुस्तालाई फुटबलमा लाग्न प्रेरणा मिल्ने पनि बताए । रोनाल्डोले स्पोर्टिङ लिस्वन छाडेको १७ बर्ष भईसकेको छ ।

५० हजार दर्शक क्षमताको उक्त जोसे अलभालाडे स्टेडियमको नाम स्पोर्टिङ लिस्वन क्लबको संस्थापक पहिलो सदस्यको नाममा राखिएको थियो । रोनाल्डाको नाममा स्टेडियकमो नामाकरण गरिए रोनाल्डो पक्कै खुशी हुने फेडरिकोको विश्वास छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu