Connect with us
Kapilvast Forest

तिहारमा भारतबाट ल्याइने फूल घट्ने

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौ, असोज २७ । विगतका वर्षमाभन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने भएको छ ।

पछिल्लो समय व्यावसायिकरूपमा फूलखेती गर्नेको संख्या बढेको र यस वर्ष ठीक समयमा नै तिहार पर्व परेकाले आयात गरिने फूलको संख्यामा कमी आउने भएको हो ।

गत वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो ।

यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभएपनि खपत हुने फूलको बढीमा सात प्रतिशतमात्रै फूल ल्याइने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

गत वर्ष १७ लाख माला खपत भएको थियो । सोमध्ये २० प्रतिशत भारतबाट ल्याइएको हो भने बाँकी स्वदेशी उत्पादन हो ।

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्रीमात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ ।यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको माला खपत हुने एसोसिएसनको अनुमान छ ।

व्यावसायिकरूपमा फूलखेती गर्नेको संख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए ।

फूल उत्पादनको वृद्धिसँगै उपभोक्ताको माग पनि बढेको छ । यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ ।

स्वदेश र विदेशमा गरी वार्षिकरूपमा रु एक अर्ब ८५ करोडको फूलको कारोबार हुँदा तिहारमामात्रै रु एक करोड फूलको कारोबार हुन्छ ।तिहार आउनुभन्दा एक साता अघिबाटमात्रै आयातीत फूल ल्याउन सुरु गरिन्छ ।

६० प्रतिशत माला उपत्यकामा खपत

चाडबाड र अन्य समयमा पनि काठमाडौं उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ ।तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ ।

मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ ।

अष्ट्रेलिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ ।

व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् ।

नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यावसायिक खेती गर्दै आएका छन् ।नेपालमा वि.सं. २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu