Connect with us
Kapilvast Forest

सांसद साह पक्राउविरूद्ध विराेध प्रदर्शन

२०७६, २९ आश्विन बुधबारमा प्रकाशित

विरोध प्रदर्शन
धनुषा । जनकपुरस्थित बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहको रिहाईको माग गर्दै राजपा नेपालका नेता कार्यकर्ताहरुले जनकपुरधाममा बुधबार विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट सर्लाही क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद साहलाई मंगलबार पक्राउ गरिएको विरोधमा जनकपुरको रामानन्द चोकमा १ घण्टा चक्काजाम गरिएको छ ।साहको रिहाइको माग गर्दै उनीहरु चक्काजाम सहित टायर बालेर प्रदर्शन गरेका हुन् ।

आन्दोलनकारीहरुले सरकार, बुद्ध एयर र प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । साह पक्राउ परेको विरोधमा जनकपुरको कदमचोकस्थित बुद्ध एयरको कार्यालयमा समेत तालाबन्दी गरिएको छ ।यसैबीच राजपा नेपाल धनुषाले सांसद साहलाई अविलम्ब रिहाई नगरिए थप आन्दोलनका कार्यक्रमहरु चरणवद्ध रुपमा अगाडि बढाउने राजपा नेपालका प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिनुभयो ।

सांसद साहलाई बुद्ध एयरका संचालक, नागरिक उड्डयन कार्यालय जनकपुरधाम र संघीय सरकारले षडयन्त्रपूर्वक झुठा मुद्दा लगाएर गिरफ्तार गरेको भन्दै राजपासहित सर्वसाधारण आन्दोलनमा उत्रेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu