Connect with us
Kapilvast Forest

मेस्सीले जिते ‘गोल्डेन बुट’ अवार्ड

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

एजेन्सी। बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । स्पेनमा बुधबार आयोजित विशेष समारोहमा मेस्सीलाई यस अवार्ड प्रदान गरिएको छ ।

युरोपियन लिगमा यस सिजन सवार्धिक गोल गरेका कारण मेस्सी यस अवार्डको हकदार बनेका थिए । मेस्सीले यस सिजन ३६ गोल गरेका थिए ।

उनले अवार्ड जित्ने क्रममा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेलाई पछि पारे । एमबाप्पेले ३३ गोल गरेका थिए ।

यससँगै मेस्सी सर्वाधिक ६ पटक गोल्डेन बुट जित्ने खेलाडी पनि बनेका छन् । उनी पछि यस अवार्ड चार पटक पोर्चुगल तथा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जितेका छन् । अवार्ड समारोहमा मेस्सी परिवारसहित उपस्थित थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu