Connect with us
Kapilvast Forest

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

घरबाट जंगलको बाटोहुँदै बाणीतर्फ जाने क्रममा बुधबार दिउँसो बोहरालाई हात्तीको बथानले आक्रमण गरेको हो।

उनको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए।

कञ्चनपुरको शुक्लाफाँटा, भीमदत्त र बेदकोट नगरपालिकामा हात्ती आतंक बढेको छ। हात्तीको बथानले बालीसमेत नोक्सान गर्दा स्थानीय किसान मर्कामा परेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu