Connect with us
Kapilvast Forest

किन चल्दैछ ‘डिलिट फेसबुक’ अभियान ?

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

अहिले सोसल मिडियामा फेसबुक हटाउ अर्थात् deletfacebook ह्यासग्यास ट्रेण्डिङ भैरहेको छ ।

फेसबुक सिइओ मार्क जुकरबर्गले अमेरिकी कन्जरभेटिभ राजनीतिज्ञ तथा दक्षिणपन्थी टिप्पणीकारहरुसँग अनौपचारिक रात्रिभोजसहितको बैठक गरेको खुलासा भएसँगै फेसबुकविरुद्ध अभियान छेडिएको हो ।

समाचार साइट पोलिटिकोका अनुसार गत जुलाइबाट जुकरबर्गले यस्ता बैठक गर्दै आएका छन् ।तर जुकरबर्गले भने आफूले सार्वजनिक जीवनका थुप्रै व्यक्तिहरुसँग डिनर गरेको भन्दै यो सामान्य प्रक्रिया भएको फेसबुक पोष्टमा उल्लेख गरेका छन् ।विभिन्न खाले धारणाहरु सुन्नु भनेको सिकाइकै एउटा पाटो भएको भन्दै उनले यसको अनुभव गर्न समेत आह्वान गरेका छन् ।समाचार साइट पोलिटिकोले भने दक्षिणपन्थीहरुसँग मित्रताको प्रयासका रुपमा यी बैठकहरु भएको दाबी गरेको छ ।

स्मरण रहोस् सातजना दक्षिणपन्थी टिप्पणीकारहरुलाई फेसबुकमा प्रतिबन्ध लगाएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले फेसबुकमाथि सेन्सरसिप गरेको आरोप लगाएका थिए ।

जुकरबर्गको डिनर मिटिङको पछिल्लो समाचारसँगै सोसल मिडियामा चलेको deletfacebook ह्यासट्यागमार्फत मानिसहरुले फेसबुकका बारेमा आफ्नो धारणा राखिरहेका छन् । जसमा नकारात्मक सामाग्रीहरु हटाउन असफल भएकोदेखि गलत सूचना फैलिनबाट रोक्न नसकेको सम्मका प्रतिक्रियाहरु समेत रहेका छन् ।

फेसबुक हटाउ अभियानको ह्यासट्याग ट्विटरमा ट्रेण्डिङ बनिरहेको छ ।ट्रम्प समर्थकले भने कन्जरभेटिभ राजनीतिज्ञहरुसँग जुकरबर्गले भेट गरी फेसबुकलाई पूर्वाग्रहमुक्त बनाउने प्रयास गरेको दाबी गरेका छन् ।

स्मरण रहोस् यसअघि सन् २०१८ को मार्चमा पनि डिलिट फेसबुक ह्यासग्यास सुरु भएको थियो । क्याम्ब्रिज एनालिटिका डाटा दुरुपयोग काण्ड पछि प्रयोगकर्ताहरुले फेसबुक डिलिट गर अभियान चलाएका थिए । यसको अगुवाई ह्वाट्सएपका संस्थापक ब्रायन एक्टनले गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu