Connect with us
Kapilvast Forest

सरकारले भ्याटमा छुट दिएको हो , किसानको अनुदान होइन ः कनोडिया ।।

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

दिपक के.सी. कपिलवस्तु असोज ३०
महालक्ष्मी सर्गस मिल्स प्रा.लि.का संचालक रहेका प्रदेश नं. ५ का प्रदेश सभा सदस्य तथा संसदीय दलका उप नेता विरेन्द्र कुमार कानोडियाले सरकारले तत्कालिन अवस्थामा मिलको भ्याटमा छुट दिएको ,अनुदान वापतको रकम नदिएको जनाएको छ ।
आर्थिक बर्ष ०७२÷०७३ मा कपिलवस्तुका किसानलाई सरकारले दिने भनेको प्रति क्विन्टर रु. २५ रुपैया अनुदानको रकम नआएको भन्दै जिल्लाका किसानहरुले धर्ना चक्का जाम जस्ता कार्यक्रमहरु गर्दै आएका छन । पछिल्लो पटक अर्थ मन्त्रालयले गृह मन्त्रालयमा मिति २०७५÷११÷१ को पत्र अनुसार किसानले पाउनु पर्ने अनुदानको रकम महालक्ष्मी सुर्गस मिल्स जवाभारीको मुल्य अभिवृद्धि कर संग समायोजन गरेको हुदाँ अनुदान वापत रकम उद्योगबाट भुक्तानी गर्न मन्त्री परिषदको २०७५÷१०÷२५ को निर्णय अनुसार दिनु पर्ने जनाइएको छ ।


मिल्सले २७ गते विज्ञप्ती जारी गर्दै अनुदानको रकम नभएर भ्याटमा सरकरले सबै सुर्गस मिल्सलाई दिएको छुट अनुसार आफुले पाएको जनाएको छ । आर्थिक बर्ष २०७१÷०७२ मा मुल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुलाई चिनी विक्रि गरी संकलन भएको मूल्य अभिवृद्धि करको ७० प्रतिशत र पुरै रकम र सो भन्दा पछिका बर्षहरुको हकमा संकलन भएको ९० प्रतिशत पुरै रकम कर विवरण मार्फत समायोजन भएको विज्ञप्तीमा जनाइएको छ ।विज्ञप्तीमा श्री महालक्ष्मी सुर्गस मिल्स प्रा.लि.लाई जिम्मा लगाउने गरी गरिएको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरित रहेकोले सर्वोच्च अदालतमा विचारधीन रहेको रीट निवेदन अन्तिम फैसला नहुन्जेल सम्मका लागी कुनै पनि निर्णय कार्यान्वयन नहुने भनि जानकारी गराईएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu