Connect with us
Kapilvast Forest

महाराजगंज नगरपालिकाद्धारा अग्नी पिडितलाई राहत

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु असोज ३० कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ९ को औरहवामा आगलागी हुदा तिन घर जलेर नष्ट भएको छ ।

मंगलबार विहान ११ बजे गोठमा सल्केको आगोले तिन घर जलेर नष्ट भएको महाराजगंज नगरपालिका वडा नं ९ का वडा अध्यक्ष उदयराज कुर्मीले जानकारी दिनु भयो । आगलागीबाट ओरहवाका तौलेश्वर रैदास, वंश राज रैदास, विजय कुमार रैदासको घर जलेर खरानीमा परिणत भएको थियो । आगलागीबाट २ गोरु, ६ बाख्रा, ४ कुखुराको जलेर मृत्यु भएको हो ।

आगलागीबाट करिब १० लाख बराबरको मालसमान जलेर नोक्सान भएको कुशहवा बढनी प्रहरी चौकीले जानकारी दिएको छ । आग्नी पिडित परिवारलाई महाराजगंज नगरपालिकाकाले खद्यान्न सहित विभिन्न समाग्री वितरण गरेको छ । नगरपालिकाले अग्नी पिडित परिवारलाई खाना पकाउने भाडा, चमाल, दल, मसाल साबुन, सर्फ लगायतका करिब १० हजारको सामग्री वितरण गरिएको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।

राहत वितरण कार्यक्रममा महाराजगंज नगरपालिका उप प्रमुख शुभावती कुर्मी, प्रशासकीय अधिकृत डोलराज ढकाल, योजना शाखा प्रमुख निरञ्जन पौडेल, समाजसेवी राम अचल चौधरी, वडा नं ४ का वडा अध्यक्ष शुशिल कुमार चौधरी, समाजसेवी अफताव आलम, कर्म सशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रमुख, स्थानिय भद्रभालदमी बुद्धीजिवीहरुको सहभागीतामा राहत वितरण गरिएको महाराजगंज नगरपालिकाले जानएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu