Connect with us
Kapilvast Forest

मेक्सिकोमा सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच गोली हानाहान

२०७६, १ कार्तिक शुक्रबारमा प्रकाशित

मेक्सिकोको उत्तरी क्षेत्रमा सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच झडप भएको छ ।मे्म्सिकोकोे कुलिएकान क्षेत्रमा प्रहरीको गस्तीका क्रममा शक्तिशाली ड्रग कार्टेल समूहका नाइके गजम्यान लोपेज र प्रहरी बीच झडपका क्रममा दोहोरो गोली हानाहान समेत भएको छ ।

मेक्सिकोका कुख्यात लागू औषध तस्करका बादशाह मानिन गजम्यान लोपेज एल च्यापो गजम्यानका छोरा हुन् । एल च्यापो हाल अमेरिकामा तस्करीको आरोपमा जेल सजाय भोगिरहेका छन् ।

एल च्यापो पछि तस्करीको सबै कारोबार सम्हालेका गजम्यान लोपेजलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली प्रहार गरेपछी दोहारो भिडन्त भएको हो ।गोली हानाहानका क्रममा केही व्यक्तिको मृत्यु भएको बताइए तापनि आधिकारिक रुपमा पुष्टी भएको छैन । प्रहरीले गजम्यान लोपेजलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu