Connect with us
Kapilvast Forest

चिनियाँ अभिनेत्री नेपाल भ्रमण वर्षको सद्भावना दूत

२०७६, २ कार्तिक शनिबारमा प्रकाशित

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त भएकी छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावनादूत नियुक्त गरेका हुन्।

नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसंग निकाल्दै मन्त्री भट्टराईले छिङलाई भाञ्जीको संज्ञा दिए।

‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु,’ उनले भने, ‘चीनमा मात्रै होइन, विश्वमै ख्याती कमाइसक्नुभएकी छिङले नेपाल भ्रमण वर्षलाई सहयोग हुने काम गरिदिनुहुनेछ।’

अभिनेत्री छिङले नेपाल-चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गरेकी थिइन्। ‘बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा खुसी छु,’ उनले भनिन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu