Connect with us
Kapilvast Forest

‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुग्यो

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ मा रहेका उही पात्र अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै मिडिया हवले आपत्ति जनाएको छ ।

मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिश्रृंखलाले भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले पात्र हुबहु प्रयोग नगर्न बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि प्रहरीमा उजुरी दिएको बताएका छन् ।धितालले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् । प्रहरीमा उजुरी परेसँगै प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाएको बताइएको छ ।

यसअघि मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले नयाँ हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ सुरुवात गरेको थियो ।जेपिटी क्रियसन मार्फत निर्माण भएको टेलिश्रृङ्खलाको लेखन तथा निर्देशन कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको रहेको छ । भद्रगोलमा पनि लेखन तथा निर्देशन जिग्री र पाँडेले नै गर्दै आएका थिए ।

भद्रगोलबाट पाँडे र जिग्रीसहित एक दर्जनबढी बाहिरिएर सक्किगो नि सञ्चालन गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu