Connect with us
Kapilvast Forest

विवाह अघि नै आमा बन्दैछिन् नायिका कल्की कोचलिन

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

शनिबार राती मुम्बईमा ‘भोग वुमन अफ द इयर’ अवार्डको आयोजना भयो । यो कार्यक्रममा सबैभन्दा विशेष उपस्थिती अभिनेत्री कल्की कोचलिनको रह्यो ।

रेड कार्पेटमा कल्कीले पहिलोपटक आफ्नो बेबी बम्प देखाएकी थिइन् ।कल्की पहिलो पटक गर्भवती छिन् र उनले चाँडै नै पहिलो सन्तानलाई जन्म दिँदैछिन् ।

विवाह अघि सन्तानको योजना बनाएका कारण कल्कीको निकै चर्चा छ ।३५ वर्षकी कल्की डिसेम्बरमा प्रेमी गाय हर्सबर्गको बच्चालाई जन्म दिनसक्ने अनुमान गरिएको छ ।

कल्कीले बच्चालाई वाटर बर्थिङमार्फत् जन्म दिने जानकारी दिएकी छिन् ।यसअघि कल्कीले सन् २०११ मा फिल्म निर्माता अनुराग कश्यपसँग विवाह गरेकी थिइन् । यद्यपि, सन् २०१५ मा यी दुईको सम्बन्धविच्छेद भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu