Connect with us
Kapilvast Forest

नागढुंगा सुरुङमार्ग निर्माण औपचारिक रुपमै सुरु, प्रधानमन्त्रीबाट शिलान्यास

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो सुरूङमार्गको शिलन्यास गर्नुभएको छ । सोमबार सुरूङमार्गको काठमाडौंतर्फको प्वाइन्टमा भएको कार्यक्रममा सुरूङमार्ग शिलन्यास भएको हो।

यसअघि जापानी कम्पनी हाज्मा आन्दो जेभीका प्रतिनिधिबीच सो सुरुङमार्ग निर्माण गर्ने सम्झौता भएको थिइव। मंसिर पहिलो साता (नोभेम्बर तेस्रो)बाट काम थाल्ने उक्त समयमा सहमति भएको थियो।

गत असारमै शिलान्यास गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको भए पनि करिब ४ महिना ढिला निर्माण थालिने भएको हो। ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीले साईटमा क्याम्प बनाउने, मेसिनको व्यवस्था गर्नेलगायतका तयारी गरिएको थियो। सरकारले नोभेम्बरसम्ममा साइट खाली गरिसक्नु पर्ने भएको छ। धादिङतर्फ सुरुङ मार्गका लागि १ सय ७ रोपनी जग्गामध्ये ४४ रोपलीको मात्र मुआब्जा दिनुपर्ने देखिएको आयोजनाको कार्यालयले जानकारी दिएको छ।

करिब ६ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्चनु पर्ने र १६ अर्ब निर्माण लागत भएकाले सरुङमार्ग तयार हुँदा करिब २२ अर्ब पुग्नेछ। जसमा १६ अर्ब जापानको सहुलियत ऋण सहयोग हुनेछ भने बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको व्यहोर्ने छ। जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पारिएको थियो।

नागढुङगा–नौबिसे सडकखण्डको किसिपिढी खोल्सीदेखि सिस्नेखोलासम्म करिब २.७ किलोमिटर सुरुङमार्ग निर्माण गर्न लागिएको हो।

जापानी कम्पनी हाज्मा आन्दो जेभीले सम्झौतापछि निर्माण थालेको ४२ महिनामा सुरुमार्ग तयार पारेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने तयारी गरेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu