अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कार्वाही : नेता रायमाझी
काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पनि सरकारले कार्वाही गर्ने बताएका छन ।
नेता रायमाझीले विगतका सरकारले ल्याउन नसकेको अपराधिक घटनालाई वर्तमान सरकारले बाहिर ल्याएर कार्वाही प्रक्रियालाई अघि बढाउने आँट गरिरहेको बताए ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विगतमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले कुनै पनि प्रकारको बचाउ नगर्ने उनको भनाइ थियो ।
नेता रायमाझीले गाउँगाउँमा विकास निर्माणको कामको लहर सुरु भएको पनि भन्दै सडक, संचार, सिंचाईको सुविधा गाउँगाउँमा पुगेको दाबी गरे । नेता रायमाझीले अव सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने दावी गरे ।