Connect with us
Kapilvast Forest

भिजिट भिसामा कामदार पठाउन विमानस्थलका कर्मचारीको सेटिङ

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

अध्यागमन कार्यालयकै कर्मचारीको मिलेमतोमा गैरकानुनी बाटोबाट विदेशमा नेपाली कामदार पठाइने गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न भएको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएर उनीहरूले कामदारलाई प्रस्थान अनुमति दिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

अख्तियारका अनुसार विमानस्थलका कर्मचारीसँगको मिलेमतोमा दुई सय ४८ जनालाई प्रस्थान अनुमति प्रदान गरिएको थियो । भिजिट भिसाका नाममा सरकारले प्रतिबन्ध लगाएका कामका लागि घरेलु कामदारलाई अध्यागमन प्रस्थान अनुमति दिइएको हो ।

गत १५ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले चलाखीपूर्ण तरिकाले लाइनमा रहेका करिब २० जना महिला यात्रुको कागजातै नहेरी अध्यागमन प्रस्थान अनुमति दिएको उजुरी अख्तियारमा परेको थियो । ‘ड्युटी’मा रहेकै अवस्थामा तार थुतेर डेस्कमा रहेको कम्प्युटर बन्द गरी दुईवटा मोबाइल प्रयोग गर्दै शंकास्पद व्यक्तिलाई बारम्बार सम्पर्क गरी मिलेमतोमा ती महिलालाई प्रस्थान अनुमति दिएको सूचना अख्तियारले प्राप्त गरेको थियो ।

पराजुलीले प्रयोग गर्ने मोबाइलको ‘कल रेकर्डस्’ तथा अन्य संकलित प्रमाण र तथ्यका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानबाट पराजुलीसहित १३ जना अध्यागमन अधिकृतबीच म्यासेज आदानप्रदान गरी दुई सय ४८ जनालाई प्रस्थान अनुमति दिने काममा मिलेमतो भएको ठहर अख्तियारले गरेको छ । आजको अन्नपुर्ण दौनिकमा समचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu