Connect with us
Kapilvast Forest

जहाँ मान्छेले तानेर बारी जोतिन्छ

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

पछिल्लो समयमा खेतबारी जोत्नका लागि ट्याक्टरको प्रयोग बढ्दो छ । तर, धार्चे गाउँपालिका–४ लाप्राकलगायत उत्तरी गोरखामा भने अझै गोरुले तान्ने हलो मान्छेले तानेर बारी जोत्ने गरिन्छ ।

‘कोही टाउकोमा नाम्लो राखेर अघि–अघि हलो तान्दै हिँड्छन्,’ स्थानीय आशमान गुरुङले भने, ‘अरू पछिबाट हलो घचेट्छन् ।’ केहीले भने बारी जोत्न गोरुको प्रयोग गर्ने गरेको उनी बताउँछन् । ‘बाँझा सुर्काहरूमा मान्छेले हलो तानेर जोत्न सक्दैन, गोरुको प्रयोग गर्नुपर्छ । अरूमा मात्र मान्छेले तान्ने हो,’ उनले भने ।

जोत्न नसक्ने ठाउँमा कोदालोले खनेर पनि मकै रोप्ने गरिन्छ । मकै छर्ने र गहुँ, जौ तथा केराउ लगाउने वेला मान्छेले हलो तान्ने गरेको उनको भनाइ छ । लाप्राकलगायत उत्तरी गोरखामा किसानले हलो तान्ने दृश्य नौलो भने होइन ।
तर, गोरुको सट्टामा मान्छेले बारी जोत्दा निकै थकाइ लाग्ने गरेको आशमानको अनुभव छ । यहाँका पाखोबारीमा धान नफल्ने भएकाले गहुँ, मकै, जौ र आलु मुख्य बालीका रूपमा लगाइन्छ । असोजमा गहुँ, जौ, केराउ र माघ–फागुनमा मकै लगाउने प्रचलन रहेको उनले बताए ।

हल नारेर गोरुले जोत्नुभन्दा मान्छेले हलो तान्दा समय कम लाग्ने स्थानीय माइला गुरुङ बताउँछन् । गोरुले तान्ने हलोको तुलनामा मान्छेले तान्ने हलो केही सानो बनाएको हुन्छ । सामान्यतया घरकै परिवारले मिलिजुली हलो तान्ने, अनौ समात्ने र बिउबिजन छर्ने काम गर्ने उनले जानकारी दिए । उनले भने, ‘घरमा मान्छे नहुँदा अर्म–पर्म पनि गर्ने गरिन्छ ।’आजको नयाँ पत्रिकामा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu