Connect with us
Kapilvast Forest

गोरखपुरनिवासी भनेर भारतमा शपथ खाएका कँडेलले काठमाडौंमा भने, ‘त्यो ठेगाना साथीको हो’

२०७६, ७ कार्तिक बिहीबारमा प्रकाशित

भारत, उत्तर प्रदेशको ठुठीबारीस्थित राधादेवी इन्टर कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् ।

ठुठीबारीका पूर्वग्रामप्रधान राजेश सिंहलाई चुनावमा हराएर अध्यक्ष बनेका कँडेल उर्फ ‘मुन्नाबाबु’ को विषयमा समाचार छापिएको तेस्रो दिन बुधबार उनले कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनले भने, ‘म नेपाली नागरिकका रूपमा भारतीय कलेजको सञ्चालक समितिको चुनाव लडेको हुँ, म भारतीय भए सजाय भोग्न तयार छु ।’ तर, गैरभारतीयले भारतमा गएर कसरी चुनाव लड्न सक्छ भन्ने उनले स्पष्ट पारेनन् । भारतीय नागरिक नभएसम्म भारतमा निर्वाचन लड्न त्यहाँको संविधान र कानुनले निषेध गरेको छ ।

त्यति मात्र होइन, उनले निर्वाचित भएपछि अध्यक्षका रूपमा शपथ खाँदै आफू ३३ कसैयारोड बेतियाहाता, जनपद, गोरखपुरनिवासी भएको भन्दै सो विवरण झुटो भए भारतीय कानुनअनुसार कारबाही भोग्न तयार रहेको कागजमा हस्ताक्षर गरेका थिए ।आजको नयाँ पत्रिकामा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu