विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले दिएको निर्देशन मेडिकल कलेजद्वारा अटेर
तोकिएभन्दा बढी शुल्क असुलेका मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई पैसा फिर्ता गर्न सरकारले दिएको समयसीमा सकिएको छ ।
एक महिनाअघि गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको बैठकले ७ कात्तिकभित्र कलेजले शुल्क फिर्ता गरिसक्न निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुनै पनि मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।
पछिल्लो तीन वर्षमा मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्ब ठगी गरेका छन् । गण्डकी मेडिकल कलेजले ४३ करोड पाँच लाख, नोबेल मेडिकल कलेजले ३५ करोड ४७ लाख, लुम्बिनी मेडिकल कलेजले ३२ करोड ९६ लाख, युनिभर्सल मेडिकल कलेजले ३२ करोड ७२ लाख, नेसनल मेडिकल कलेजले ३२ करोड ३५ लाख, काठमाडौं मेडिकल कलेजले २७ करोड ८१ लाख, नेपालगन्ज मेडिकल कलेजले २१ करोड ९१ लाख, विराट मेडिकल कलेजले १९ करोड नौ लाख, कलेज अफ मेडिकल साइन्सेसले १० करोड ६१ लाख, मणिपाल मेडिकल कलेजले १० करोड नौ लाख, किस्ट मेडिकल कलेजले पाँच करोड ९९ लाख, देवदह मेडिकल कलेजले ९० लाख अतिरिक्त शुल्क उठाएको सरकारकै छानबिनबाट देखिएको छ ।
सतर्कता केन्द्रको नेतृत्वमा गठन गरिएको समितिले प्रतिवेदन नै तयार गरिसकेको छ । आजको नयाँ पत्रिकमा समाचारछ ।