Connect with us
Kapilvast Forest

भाइटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

२०७६, १० कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं । नेपाल पंचाग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत निकालेको छ।

मंगलबार बिहान ११ बजेर ५५ मिनेटको समय भाइटीकाका लागि उत्तम साइत रहेको जानकारी समितिले दिएको हो।

यद्यपि भाइटीकाको कार्यक्रमका लागि भने दिनभरको जुनसुकै समय पनि उपयुक्त रहेको समेत समितिले स्मरण गराएको छ।

यसका साथै विभिन्न देशका लागि फरकफरक समय भाइटीकाका लागि उत्तम रहेको समेत निर्धारण गरेको छ।

शनिबार कागतिहारसँगै यमपञ्चक सुरू भएको र भाइटीकासँगै समापन हुनेछ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आइतबार एकैदिन परेकाले ४ दिन मात्र तिहार रहेको समितिले बताएको छ।

सोमबार गोवर्द्धन पूजा परेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu