Connect with us
Kapilvast Forest

उत्पादनको आधारमा किसानलाई अनुदान

२०७६, १३ कार्तिक बुधबारमा प्रकाशित

पाल्पा । रिब्दीकोट गाउँपालिकाले उत्पादनको आधारमा किसानलाई अनुदान वितरण कार्यको सुरुवात गरेको छ । पछिल्लो समयमा घट्दो कृषिको आकर्षणलाई वृद्धि गर्न अनुदान वितरण कार्यक्रम ल्याइएको हो । १ सय ९८ जना दुग्ध उत्पादक किसानलाई १ लाख १३ हजार रुपैयाँ वितरण गरिएको छ । गाउँपालिकालाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने उद्देश्यले दुग्ध सहकारी मार्फत् दूध बेच्ने र नगद अनुदान वितरण गर्ने व्यवस्था गरिएबमोजिम अनुदान दिइएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा पशुपालन व्यवसायमा थप अनुदान दिने योजना अगाडि सारेको छ । उत्पादनलाई आधार बनाएर गाउँपालिकाले किसानलाई अनुदान दिएसँगै उनीहरु उत्साहित भएका छन् ।

कृषकलाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले तदारुकता देखाउन शुरू गरेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu