Connect with us
Kapilvast Forest

कसुर प्रमाणित भए आलमलाई जन्मकैद

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध लागेको सामूहिक नरसंहारको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुने भएको छ । ज्यानसम्बन्धी मुद्दा प्रमाणित भए जन्मकैद, ज्यान मार्ने उद्योगको कसुर प्रमाणित भए १० वर्ष कैद हुनेछ । उनीविरुद्ध रौतहट प्रहरीले यी दुई र विस्फोटक पदार्थसम्बन्धी कसुर गरी तीन मुद्दा दायर गरेको छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७ को उपदफा २ अनुसार कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गरे वा गराए कसुरदारविरुद्ध जन्मकैद हुने व्यवस्था छ । दफा १७७ मा लेखिएको छ, ‘कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन । कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुनेछ ।’

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३ अनुसार कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्ष कैद र एक लाख जरिवाना हुनेछ ।

आलमविरुद्ध रौतहट सरुअठा–२ का श्रीनारायण सिंह र सरुअठा–४ की रुक्साना खातुनले ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् भने सर्लाहीका सफी मोहम्मदले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् ।

श्रीनारायण रौतहट विस्फोटमा घाइते भएर जिउँदै जलाइएका त्रिलोकप्रताप सिंह (पिन्टु)का बुबा हुन् भने रुक्साना सोही घटनामा मारिएका ओसी अख्तरकी आमा हुन् । सफी विस्फोटमा घाइते भएर बाँचेका जीवित प्रमाण हुन्, जो हाल प्रहरी नियन्त्रणमा छन् । यही घटनालाई लिएर रुक्सानाको पनि हत्या भइसकेको छ । त्यस्तै, आलमविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu