Connect with us
Kapilvast Forest

चन्द्रौटामा स्वास्थ्य शिविर, १९८ को स्वास्थ्य जाँच

२०७६, १७ कार्तिक आईतवारमा प्रकाशित

कपिलवस्तु १७ कात्तिक ।
सर्वसाधारणलाई लक्षित गरी कपिलवस्तुको चन्द्रौटामा स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा १सय ९८ जनाले स्वास्थ्य जाँच गराएका छन् । नयाँ व्यवस्थापनका साथ संचालनमा आएको चन्द्रौटा हस्पिटल प्रा.लि.द्वारा आयोजित स्वास्थ्य शिविरमा मंगलम पोलिक्लिनिक, मर्सिटी अस्पताल, लुम्बिनी टेक्निकल कलेज तथा लुम्बिनी प्रादेशिक अस्पताल र क्रिमसन अस्पतालका बरिष्ठ डाक्टरहरुको टोलीद्वारा स्वास्थ्य जांच गरिएको अस्पताल इन्चार्ज डा. रियाज खानले जानकारी दिए ।

शिविरमा जनरल सर्जन डा. नविन श्रेष्ठ, महिला रोग विशेषज्ञ डा. बबिता श्रेष्ठ, बालरोग विशेषज्ञ डा. सञ्जय कुमार चौधरी र रेडियोलोजिष्ट डा. तृष्णा श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शनिवार विहान १० बजेदेखि संचालन गरिएको शिविर साँझ ६ बजेसम्म चलेको अस्पतालका डा. रोशन बिश्वकर्माले जानकारी दिए । शिविरमा विभिन्न प्रकृतिका रोगका विरामीहरुको चाप थियो ।

शिविरको अवसरमा अस्पतालले भिडियो एक्सरेमा पचास प्रतिशत छुटको दिएको थियो । भने डिजिटल एक्सरे र ल्याबमा दश प्रतिशत छुटको ब्यवस्था गरेको डा. रियाज खानले बताए । जिल्लाको पश्चिमी भेगका सर्वसाधारणलाई लक्षित गरी शिविरको आयोजना गरिएको उनले जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu