Connect with us
Kapilvast Forest

अर्थ समितिको बैठक स्थगित

२०७६, १९ कार्तिक मंगलवारमा प्रकाशित

 काठमाडौं । संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेपछि मंगलबार सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका केही सदस्यहरु भने उपस्थित हुनुभएको थियो । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कार्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ ।

कार्तिक २८ गते बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित हुनुभएको थियो .

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu