Connect with us
Kapilvast Forest

‘भारतकाे एकपक्षीय निर्णय मान्य हुँदैन’

२०७६, २१ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साबारे प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।

नागरिक दैनिकमा सरकारले कालापानी नेपालको भू–भाग भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा मान्य नहुने समाचार प्रमुख समाचार बनाएको छ ।

समाचारमा उल्ल्लेख भए अनुसार परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट पारेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपालको जोड रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम् तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको समेत समाचारमा उल्लेख गरिएको छ । सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा मान्य नहुने भन्दै सर्वसाधारण समेत आक्रोशित भएको नागरिकमा समाचार छ ।

राजधानी दैनिकले उपनिर्वाचनको तयारी पूरा भएको समाचारलाई प्रमुख समाचार बनाएको छ । राजधानीका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई निश्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिदद्ध रहेको बताउनु भएको छ । तिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन स्थानहरुमा मंसिर १४ गते हुने उपनिर्वाचन हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu