Connect with us
Kapilvast Forest

प्रसूतिगृहमा १२ वर्षीया गर्भवती, पेटमा ५ महिनाको बच्चा

२०७६, २१ कार्तिक बिहीबारमा प्रकाशित

pregnent ncn

 काठमाडौं । १२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । पेटमा ५ महिनाको बच्चा चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बरमा बेडमा उनी भर्ना भएको चार दिन भयो ।

सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र । अस्पताल पेटीमा उनका ठूलोबुबा भने चिन्तित मुद्रामा छन् । घरि छोरी छेउमा पुग्छन्, घरि बाहिर निस्कन्छन् । अस्पतालले छोरीको स्थितिबारे खुलेर नभनिदिएकाले उनलाई चिन्ता परेको हो । छोरीको उपचार कस्तो हुने र कति दिन अस्पताल राख्नपर्छ भन्ने जानकारी नपाएर आफू बैचैनीमा परेको उनले बताए ।

‘बोल्न पनि नसक्ने बच्चीमाथि यस्तो घिनलाग्दो व्यवहार गर्न मान्छेलाई जेल हाल्नुपर्ने हो’ उनले भने । अछामको रामारोशन–४ बाट काठमाडौं आएका उनलाई सबै नौलो लागेको छ ।

वडा अध्यक्षले दिएको २० हजार रुपैयाँ लिएर आएका उनले एम्बुलेन्सलाई मात्र १० हजार रुपैयाँ बुझाए । साथै आएका प्रहरीका एक जवानले खानाखाजा खर्च पनि बर्होनु परेको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu