Connect with us
Kapilvast Forest

इमर्जिङ कप खेल्ने क्रिकेट टिमको घोषणा

२०७६, २१ कार्तिक बिहीबारमा प्रकाशित

बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार राति इमर्जिङ एसिया कप खेल्ने १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो । नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् ।

नेपाली टिममा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने अटाएका छैनन् । दुवै जना युएईमा आयोजना हुने टी-१० क्रिकेटको कारण टिम बाहिर रहेका हुन् । यस्तै बसन्त रेग्मी टिममा परेका छैनन् ।

नेपाली टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन् ।

प्रतियोगिता नोभेम्बर १२ देखि २४ सम्म हुनेछ ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।

समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । समूह ‘ए’ को खेल कक्स बजार र समूह ‘बी’ को खेल ढाकामा हुनेछ । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ ।

नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।

प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
रोहित कुमार पौडेल
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप जोरा
सुशन भारी
इशान पाण्डे
आरिफ शेख
अविनास बोहरा
कुशल भुर्तेल

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu