Connect with us
Kapilvast Forest

नेपाल बैंकले ल्यायो ‘ग्रिन सेभिङ निक्षेप’ योजना

२०७६, २६ कार्तिक मंगलवारमा प्रकाशित

nepal-bank-limited_8b3ZdBWHuI

काठमाडौं। नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ।

नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वार्षिकोत्सवको अवसर पारेर आगामी कात्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस योजनाबाट संकलित भएको रकम नवीकरणीय ऊर्जा र वातावरणमैत्री क्षेत्रमा लगानी गर्ने जानकारी दिए।
न्यूनतम २५ हजारमा बचत खाता खोली यो निक्षेप योजनामा सहभागी हुन सकिनेछ। उक्त योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले ६.५ प्रतिशत व्याजदर उपलब्ध गराउने आकर्षक योजना पनि तय गरेको छ।

बैंकका प्रवक्ता अधिकारीले सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले निःशुल्क एटिएम कार्ड, ५० हजारसम्मको औषधि उपचारको व्यवस्था तथा ५० लाखसम्मको दुर्घटना बीमालगायतका सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताए। त्यसैगरी, बैंकले आफ्नो ८३औं स्थापना दिवसको अवसर पारेर ‘सुलभ अवास कर्जा योजना’ पनि सार्वजनिक गर्ने तयारी गरेको छ।

आफ्नै जग्गामा घर निर्माण गर्न तथा घर मर्मत, संहार गर्न सो योजना १ प्रतिशत व्याजदरमा लागू हुने पनि बैंकले जनाएको छ। बैंकको ८३औँ स्थापना दिवस आगामी कात्तिक ३० गते काठमाडौंमा हुँदैछ।
6

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu