Connect with us
Kapilvast Forest

महिला भलिबल : आज नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्दै छन् ।

एक खेल अगावै फाइनल पुगेका दुवै टोलीले समुह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् । ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल स्थानीय समयअनुसार पौने २ बजे सुरु हुनेछ ।

सुरुवाती तीन खेलमा प्रभावशाली जित निकालेको नेपालले बलियो प्रतिद्वन्दीका रुपमा रहेको माल्दिभ्ससँग खेल्न लागेको हो ।

नेपालले सुरुवाती खेलमा अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको हो ।

राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघि हिजो भएको बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो ।

शहीद सुहरावर्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५/७, २५/६ र २५/६ को सेटले पराजित गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu