Connect with us
Kapilvast Forest

हरीको सिमाना कविता…

२०७६, २७ कार्तिक बुधबारमा प्रकाशित

नदी बगिरहेछ सिमानाबिना प्राकृत लयको मीठो धुनसंगै अनि,

माथीबाट हाम्फाल्छ खुसीले झरना र समाहित हुन्छ नदीसंगै मीठो गीत गाउंदै अनि मिसिन्छ नदीसंगै ।

र संगीत थप्छ्न चराहरु चिरबिर चिरबिर ।।। चिरबिर चिरबिर ।।।

जुनलाई चाहिंदैन कुनै परिचय शितलता प्रदान गर्न न खोज्छ सुर्यले सम्मान उज्यालोका खातिर ।।।

चुपचाप कमिलोको मेहनत देखेर गड्यौंला बनांउछ उर्वर माटो , जसरी गड्यौंला र कमिला लागिरहेछ्न एकनासले बस एकनासले पसिनाको गीत गाउंन , हो त्यही गीत छ म संग ।  म गांउछु श्रमको गीत , र भर्छु पसिनाको संगित निथ्रुक्क निथ्रुक्क ।।

मेरा चलिरहने हात र कुदीरहने खुट्टा नांच्छन पसिनाको संगित संगै ।।

मेरो पसिनाको मीठो सुगन्धले खोज्दैन कुनै कृतीम सुगन्ध , खोज्दैन बनावटिपन ।

मेरो अर्को कुनै परिचित मित्र छैन मेरो पसिना सिवाय , मेरो सपना सिवाय , जसले झकझकांउछ जसले सम्झाउंछ मलाई ! कर्मको कथा, के तपाई तयार हुनुहुन्छ त्यो कथाको , पात्र बन्न ?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu