Connect with us
Kapilvast Forest

डेभिड भियाले फुटबलबाट सन्यास लिने घोषणा

२०७६, २८ कार्तिक बिहीबारमा प्रकाशित

एजेन्सी । स्पेनिस लिजेण्ड डेभिड भियाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

स्पेनिस स्ट्राइकर भियाले अर्को महिना फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

जापानको जे लिगमा व्यवसायिक फुटबल खेलिरहेका भियाले सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका हुन् । जे लिग अर्को महिना सकिने छ ।

बार्सिलोनाका पूर्व स्ट्राइकर भिया जे लिगमा भिसेल कोबेबाट फुटबल खेल्दै आएका छन् ।

विश्वकप र युरोकप विजेता ३७ वर्षे भिया स्पेनका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन् । स्पेनले सन् २०१० को विश्वकप र २००८ को युरोकप जित्दा भिल्ला मुख्य खेलाडी थिए ।

यस्तै भियाले बार्सिलोनाबाट दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu