Connect with us
Kapilvast Forest

क्षेत्रीय विकासका लागि विद्युत आदान प्रदान आवश्यकः उर्जा मन्त्री पुन

२०७६, ५ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले क्षेत्रीय विकासका लागि ऊर्जाको आवश्यकता रहेको बताएका छन् ।
राजधानीमा आजबाट सरु भएको दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री पुनले क्षेत्रीय विकासका लागि ऊर्जा आवश्यक रहेको बताए . ‘लगानीका लागि उपयुक्त र अनुकल समय भएको र लगानीको सरक्षण गर्न सरकार प्रतिबद्ध रहेकोछ,’ उनले भने,’ ‘आर्थिक विकासका लागि ऊर्जा विकासको अपरिहार्यता बढ्दै गएको छ ।’

‘उत्पादित विद्युत नेपालमा मात्रै खपत नहुने भएकोले भारत र बंगालादेशको बजार खोजी गर्नु परेको हो,’ ‘नेपालमा जलविद्य’तको अपार सम्भावना रहेको सन्दर्भ जोड्दै उनले भने, ‘बिजुली भारत, बंगलादेश पठाउन सके यस दिगो आर्थिक विकासको लक्ष्य पुरा हुन सक्छ .’

सम्मेलनमा ऊर्जा व्यापार विषयमा गहन छलफल हुने भएको छ । मन्त्री पुनले आगामी दिनमा मुलकमा पर्याप्त विद्युत उत्पादन भई भारत र बंगलादेशसँग विद्युत व्यापारका लागि यो सम्मेलन कोशेढुंगा सावित हुने बताउँदै आएका थिए ।

सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्रगुरागाईले विद्युतको बजार खोज्न यस सम्मेलनले सघाउ पु¥याउने बताए । ‘विद्युत नभए विकास सम्भव छैन्’ उनले भने, ‘यहाँ उत्पादन गरेको विद्य’त देशमा खपत गरेर क्षेत्रीय बजारसम्म पु¥याउनु पर्नेमा जोड दिए ।

ऊर्जासम्मेलनमा भारत, बंगालादेश, भुटानका मन्त्रीसहित ७ सय स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता रहेको छ ,

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu