Connect with us
Kapilvast Forest

सागको ओलम्पिक टर्च र्‍याली शुरु

२०७६, ६ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्‍याली  राजधानीबाट शुरु भएको छ ।

र्‍यालीकाे शुरूवात गर्दै स्वयम्भू मन्दिर परिसरमा वरिष्ठ ओलम्पियन पूर्वधावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च हस्तान्तरण गर्नु भएको हो ।

नेपाली ओलम्पियनहरुले ओलम्पिक टर्च देशका प्रमुख शहर र सात प्रदेशमा पुर्याउने कार्यक्रम रहेको छ । पहिलो दिन र्‍याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौँ दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौँ दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौँ दिन गण्डकी प्रदेशको पोखरा लगिने छ ।

 

आठौँ दिन टर्चलाई पोखरा नगर परिक्रमा गराइने छ र नवौँ दिन राजधानीको विभिन्न स्थान परिक्रमा गराई साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरी र्‍याली सम्पन्न हुनेछ ।

र्‍यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारी, पौडिकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा लगायतको सहभागिता रहने छ । सात राष्ट्रको सहभागितमा ३ हजार भन्दा बढी खेलाडीले भाग लिने सागमा २६ खेल समावेश छन् ।सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुने जनाइएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu