Connect with us
Kapilvast Forest

उखुको मूल्यलाई लिएर विवाद, चेपुवामा किसान

२०७६, ८ मंसिर आईतवारमा प्रकाशित

सरकार, उद्योगी र किसानबीच उखुको मूल्यलाई लिएर त्रिपक्षीय रस्साकस्सी सुरु भएको छ।

किसान संगठनले प्रतिक्विन्टल पाँच सय ४२ रुपैयाँ २८ पैसा तोक्न माग अघि सारेको छ। गत वर्षको अनुदानबाहेक चार सय ७१ रुपैयाँ २८ पैसामा ७१ रुपैयाँ थप्नुपर्ने माग संगठनको छ। सरकारले उत्पादन परिमाणका आधारमा प्रतिक्विन्टलमा ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ।

उखु उत्पादक किसान महासंघले सरकारी अनुदानसहित प्रतिक्विन्टल ६ सय ७ रुपैयाँ ५६ पैसा मूल्य तोक्न गरेको छ। सरकारले भने गत वर्षकै मूल्य तोक्ने तयारी गरेको छ।

‘चिनी उद्योग जोगाउन हामीले पनि भन्सार शुल्क १५ प्रतिशतलाई ३० प्रतिशतमा पुर्‍याउन लबिङ गरेका थियौं,’ उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘हाम्रो सहयोगले उद्योगीको माग पूरा भयो।

अब उद्योगी र सरकारले हाम्रो माग सुनुवाइ गर्नुपर्छ।’ उनले किसानले राम्रो मूल्य पाउन नसके अर्को वर्षदेखि उत्पादनमा कमी आउने बताए।

किसान र उद्योगी उखुको मूल्यका लागि सिंहदरबारको निर्णय पर्खेर बसेका छन्। उखुको क्रसिङ गर्ने उत्तम समय मंसिर पहिलो सातादेखि चैत अन्तिम सातासम्म हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ बाली विकास अधिकृत भोजराज सापकोटाले यस वर्ष उखुको मूल्य बढ्ने सम्भावना नरहेको बताए। विश्वभर चिनीको मूल्य मन्दी भइरहेको अवस्थामा नेपालमा उखुको मूल्य वृद्धि गर्न नसकिने उनको भनाइ छ। सापकोटाले भने, ‘गत वर्षकै हाराहारीमा मूल्य कायम गर्न छलफल भइरहेको छ। भारतमा पनि गत वर्षकै मूल्य कायम गरिएको छ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu