Connect with us
Kapilvast Forest

दासढुङ्गामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

२०७६, ८ मंसिर आईतवारमा प्रकाशित

accident

चितवन- भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आइतबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख १८९६ नंको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो। पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

दुर्घटना बिहान ५ः५४ बजे भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu