Connect with us
Kapilvast Forest

१६ दिने अभियान शिवराज नगरपालिकामा पनि सुरु

२०७६, ९ मंसिर सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल , कपिलवस्तु मंसिर ९,
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यो वर्ष ’समानताको पुस्ता स् बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।

यसैविच कपिलवस्तु शिवराज नगरपालिकाको चन्द्रौटामा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । शिवराज नगरपालिकाको सहयोग र यस क्षेत्रमा रहेको विभिन्न सामाजिक संस्थाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको सुरुवातमा आज चन्द्रौटामा दिप प्रज्वलन गरीएको छ ।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना गरिएको बताउनु भयो । सो कार्यक्रममा यस क्षेत्रका समाजिक आगुवाहरुको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu