Connect with us
Kapilvast Forest

सागमा स्वर्ण पदक जित्दै इतिहास रच्ने दाउमा महिला भलिबल टाेली

२०७६, १० मंसिर मंगलवारमा प्रकाशित

काठमाण्डाै – १३ औंँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबारदेखि भलिबलको खेल सुरु हुँदैछन् ।सागको औपचारिक उद्घाटन यही मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भालिबल खेल भने बुधबारदेखि नै सुरु हुने तालिका छ। सागमा नेपालसहित सातवटा देशले भाग लिँदैछन् । तर भलिबलमा ६ देशले भाग लिनेछन् । साग खेल्ने देशमध्ये भुटानको भने अहिलेसम्म भलिबल टिम छैन ।

भलिबलमा नेपालको महिला र पुरुष दुवै समूहमा भारत र बंगलादेश रहेका छन् । बुधबार दिउँसो तीन बजे सागको भलिबल तर्फको महिलाको उद्घाटन खेल हुने छ । जसमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाली महिला टिमले २ साता अघि सोझो सेटमै बंगलादेशको घरेलु भूमिमा हराएकाले उच्च मनोबलका साथ कोर्टमा उत्रनेछ ।

नेपाली महिला टिम सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ अहिले तयारीमा रहेको छ । नेपाली टिमकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको बताइन् । उनले सबै प्रतिस्पर्धी उस्तै भए पनि पछिल्लो समय आफूहरुले वैदेशिक प्रशिक्षण पाएको र बंगलादेशमा भएको सेन्ट्रल जोनको प्रदर्शनले टिममा धेरै  उर्जा थपिएको विश्वास व्यक्त गरिन् ।

यस्तै प्रशिक्षक जगदीश भट्टले नेपाली महिला भलिबल टिम स्वर्ण पदकको प्रबल दावेदार रहेको बताउँदै त्यसै अनुसार तयारी गरिएको बताउनुभयाे । उहाँले नेपालले भारत र श्रीलंकालाई हराउँदै इतिहास रच्ने लक्ष्यमा नेपाली टिम दिनरात लागिपरेको पनि बताउनुभयाे ।

प्रतियाेगिता अन्तर्गत बुधबार अपराह्न पाँच बजे पाकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै बिहीबार अपराह्न ५ बजे नै नेपाली महिला टिमले भारतसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै राति सात बजे श्रीलंका र पाकिस्तान खेल्नेछन् । शुक्रबार एक बजे भारत र बंगलादेश तथा दिउँसो तीन बजे श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछन् ।

यसैगरी, पुरुष तर्फको पहिलो खेल राति सात बजे हुनेछ जसमा नेपालले बुधबार बंगलादेशसँग खेल्ने छ । बिहीबार दिउँसो १ बजे पाकिस्तान र माल्दिभ्स तथाृ दिउँसो ३ बजे भारत र बंगलादेशले खेल्नेछन् ।

नेपाली पुरुष टिमले समूह चरणको अन्तिम खेल शुक्रबार अपराह्न ५ बजे भारतसँग खेल्नेछ । त्यसै दिन राति सात बजे श्रीलंका र माल्दिभ्स खेल्नेछन् ।समूह चरणको अन्तिम खेलमा शनिबार दिउँसो ३ बजे श्रीलंका र पाकिस्तान खेल्नेछन् ।

समूह चरणका शीर्ष २ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।सेमिफाइनलबाट फाइनलमा पुगेका दुई टिमले स्वर्ण र रजत पदकका लागि प्रतिस्पर्धा गर्दा पराजित हुने २ टिमले कास्य पदकका लागि खेल्नेछन् । भलिबलको फाइनल खेल मंसिर १७ गते हुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu