Connect with us
Kapilvast Forest

लालपुरमा हुने चुनावमा त्रिकोणीय पतिस्पर्धा, प्रचार प्रसार तीव्र

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तु  मंसिर ११ गते, ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं १० मा मंसिर १४ गते हुने उप निर्वाचनमा त्रिकोणीय कडा पतिस्पर्धा हुने देखिएको छ । मुख्य गरी नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस र राजपा बीच चुनौतीपूर्ण पतिस्पर्धा हुने भएको छ । वडा नं. १० मा नेकपाका अदालत मनिहार, नेपाली काँग्रेसका देवराज भारती र राजपाका मन्जु मिश्र बीच चुनाव जित्न भिडन्त हुने प्रष्ट देखिएको छ । नेपाली काँग्रेसका देवराज भारतीलाई विजयी गराउन राप्रपाले पतिस्पर्धालाई असमथ्र्य जनाउँदै समर्थन गरेको छ ।

नेकपाका उम्मेदवार अदालत मनिहारले अन्य पार्टीले एक आपसमा समर्थन गरे पनि ढुक्क भएर जित्ने दावी गर्नु भएको छ । वडा नं. १० को गाउँ, टोलटोलमा घरदैलो गरेर जनतालाई सुर्यमा मत हाल्न अपिल गरेका छन् । लालपुरमा शिक्षा, स्वास्थ्य तथा किसानहरुलाई सहज रुपमा सिचाईको व्यावस्था गर्ने आफुनो मुख्य उद्देश्य रहेको उम्मेदवार अदालत मनिहारले बताउनुभयो । सडकको अवस्था नाजुक र किसानहरु चपेटामा परेकोले यसलाई समाधान गर्नु आफ्नो मुख्य दायित्व रहेको मनिहारले जनाउनुभयो ।

उपनिर्वाचनलाई शान्त व्यावस्थित तरिकाले सम्पन्न गराउनुपर्ने भन्दै मतदाताहरुलाई नेकपाका नगर ईन्चार्ज लंक वहादुर हमालले आग्रह गर्नुभयो । विगत २ वर्षको समयमा नेकपाले उल्लेखनीय काम गरेको समेत बतानुभयो । लामो समयदेखी लालपुरका समस्याहरुलाई नजिकबाट हेर्नुभएका व्यक्तिलाई नेकपाले उम्मेदवार बनाएको भन्दै जित निश्चित रहेको नगर कमिटि सचिव जगत पौडेलले जानकारी दिनुभयो ।

वडा अध्यक्षको पदका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु प्रचार प्रसारमा जोडतोडका साथ लागिपरेका छन् । कपिलवस्तुको एक ठाउँ मात्र निर्वाचन रहेको यस निर्वाचनमा नेकपाको जित निश्चित रहेको मतदाताले समयमै विकासप्रेमी व्यक्तिलाई छनोट गर्नुपर्ने बताएका छन् ।

लालपुर बासीलाई नेकपालाई सुर्य चिन्हमा मतदान गरी विजयी गराउन अनुरोध गरेका छन् । निर्वाचनको मौन अवधि सुरु हुन लाग्दा उम्मेदवारहरुले आफ्नो प्रचारलाई तीब्रता दिएका हुन् । उम्मेदवारहरु भोट माग्दै वडा बासीको घर घरमा पुगेका थिए । आज सबै राजनीतिक दलले चुनावको प्रचार प्रसार गर्दै लालपुरमा कोण सभा सम्पन्न गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu