Connect with us
Kapilvast Forest

१३ औं साग तयारी पुरा, १५ गते साँझ ५ बजे भव्य समुद्घाटन हुने

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पुरा भएको बताए ।

त्यस्तै मंसिर १५ गते आइतबार साँझ ५ बजे सागको भव्य समुद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने मन्त्री विश्वकर्माले बताए । समुद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहने बताईको छ ।

साग समुद्घाटनमा कलाकारहरुले नेपाली कला संस्कृति झल्कने खालका प्रस्तुतिहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu