Connect with us
Kapilvast Forest

साग महिला भलिबल : नेपाल र श्रीलंका भिड्दै

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबलमा आज (शनिबार) सेमिफाईनलका खेल हुदैछ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स तथा दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै छन् ।

साग खेलकुदमा कास्य पदक भन्दा माथि उक्लिन नसकेको नेपालका लागि ईतिहास रच्ने अवसर छ ।

श्रीलंकालाई हराए नेपाल सागको ईतिहासमा पहिलो पटक फाईनल पुग्नेछ । सोही कारणमा सागमा पहिलो स्वर्ण जित्ने लक्ष्य राखेको नेपालले श्रीलंकालाई हराउनुपर्ने चुनौती छ ।

श्रीलंकालाई हराए कम्तिमा रजत पदक नेपालले महिला भलिबलमा पक्का गर्नेछ ।

दक्षिण एसियामा भारत र श्रीलंका नेपाल भन्दा बलिया टिम हुन् ।

यसअघि नेपालमै भएको दक्षिण एसियाली महिला भलिबलमा नेपालले श्रीलंकालाई हराएको थियो ।

सोही कारणको सेमिफाईनलमा उत्रदै गर्दा श्रीलंकालाई हराउन सक्ने आत्मबल नेपालले लिएको छ ।

पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भारतसंग पराजित भएको थियो । नेपाल र भारतसंग हारेको बंगलादेशले समूह चरणबाटै बाहिरिएको छ ।

नेपाल समूह उपविजेताको रुपमा सेमिफाईनल पुगेको हो ।

नेपालले फाईनल प्रवेशका लागि समूह बीको विजेता श्रीलंकासंग भिड्न लागेको हो ।

आजै हुने पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स भिड्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu