Connect with us
Kapilvast Forest

बागलुङमा मतगणना सुरु

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

बागलुङ :  बागलुङमा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२:४० बजेबा मतगणना सुरु भएको हो। क्षेत्र नं २ (ख) प्रदेशसभाका लागि शनिबार भएको मतदानका मतपेटिका जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याएर मतगणना थालिएको हो।

प्रदेशसभा (ख) मा पर्ने ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ र ‘ख’ दुवैको एकै ठाउँमा राखेर अहिले गणना भइरहेको छ। आइतबार बिहान ८ बजेदेखि मतगणना प्रारम्भ गर्ने भनिएको भए पनि सर्वदलीय बैठक बस्न ढिलाई र त्यसपछिका तयारीका कारण समय लम्बिएको थियो।प्रारम्भीक मत परिणाम आउन ४० देखि ५० मिनेट लाग्ने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए।

नेकपा र राजमो सझा बामगठबन्धनका खिम बिक्रम शाही, नेपाली कांग्रेसका जीत शेरचन र अरु  ६ दल तथा २ जना स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu