Connect with us
Kapilvast Forest

गढीमाईकाे विशेष पूजा आज रातिदेखि शुरु

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

गढीमाई-विश्वप्रसिद्ध गढीमाई मेला आजदेखि विधिवत् रूपमा शुरु हुँदैछ । हरेक पाँच वर्षमा मंसीर महीनाको शुक्ल पञ्चमी तिथिदेखि सप्तमी तिथिसम्म मूल पूजा गरिन्छ ।

यस वर्ष मंसीर १५ देखि १७ सम्म पञ्चवर्षीय विशेष पूजा हुँदैछ । गढीमाईको विशेष पूजा आज आइतबार राति हुँदैछ ।

विश्वप्रसिद्ध गढीमाई मेला भर्न बाराको वरियारपुरमा लाखौँ मान्छे आइपुगेका छन् । भारतको कुना कुनाबाट श्रद्धालुहरू ओइरिएका छन् र अझै पनि आउने क्रम जारी छ ।

सबैभन्दा ठूलो गढीमाई मेला बाराको महागढीमाई नगरपालिकाको वरियारपुरमा रहेको मन्दिरमा नै लाग्ने गरेको भए पनि गढीमाई पूजाको सम्पूर्ण विधि र प्रक्रिया उस्तै हुने गरी मध्य तराईका तीन जिल्लामा करीब डेढ दर्जन स्थानमा यो मेला लाग्ने गर्दछ ।

बाराको महागढीमाई नपाको वरियारपुर र मधुरीगढी, जितपुर सिमरा उपमहानगरपालिकाको जितपुर, कलैया उपमहानगरपालिकाको सिंहासनी र पचानपुर, कोल्भी नपाको बेल्वा, बारागढी नपाको दौर्वाविशुनपुर्वामा गढीमाई मेला लाग्दैछ ।

रौतहटको गढीमाई नगरपालिकाको सुन्दरपुर, हर्दिया र बलुवामदनपुर, गरुडा नगरपालिकाको गेडहीगुठी र गम्हरिया, कटहरिया नगरपालिकाको दुधियाभार, गुजरा नगरपालिकाको कनकपुर, वृन्दावन नगरपालिकाको आँकडपाथर र माधवनारायण नगरपालिकाको माधोपुरमा पनि आजैबाट विशेष पूजा तथा मेला शुरु हुँदैछ ।

यसैगरी सर्लाहीको रामनगर गाउँपालिकाको छोटौल र खैर्वा, बलरा नगरपालिकाको मिर्जापुर, कविलासी नगरपालिकाको जमुनियामा पनि गढीमाई मेला लाग्दैछ ।

भारतसित सिमाना जोडिएका तीन जिल्लाका डेढ दर्जनभन्दा बढी ठाउँमा मेला लाग्ने गरिएको भए पनि भारतमा भने गढीमाई मन्दिर रहेको सुनिएको छैन । भारतबाट बलिको लागि आउने पशुमा विभिन्न नाकामा रोक लगाइएको भए पनि भारतबाट पनि पर्याप्त पशु भित्रिएका छन् ।

गढीमाई मेलाका कारण आज आइतबारदेखि रौतहट र बाराका अधिकांश स्थानीय तहले चार दिन सार्वजनिक बिदा दिएका छन् ।

१५ मंसीरमा विवाह पञ्चमी र १७ मा गढीमाईको विशेष पूजा परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ भने १६ र १८ मंसीरमा अधिकांश स्थानीय तहले सार्वजनिक बिदा दिएको छ । कतिपय स्थानीय तहले भने यो साताभरि नै बिदा दिएका छन् ।

रौतहट र बाराका अधिकांश सर्वसाधारणको सम्पूर्ण दैनिकी गढीमाई मेलाले गर्दा प्रभावित भएकाले संस्कृतिमा यस पूजाको प्रभाव व्यापक विस्तार भएको देखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu