Connect with us
Kapilvast Forest

पत्रकार केसीलाई उत्कृस्ट औद्योगिक पत्रकारिता पुरस्कार

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

  • बुटवल, १५ मंसिर ।

पत्रकार नरेश के.सी . उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँगको सहकार्यमा प्रदान गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार २०७५ बाट उनी पुरस्कृत भएका छन् । उनलाई आइतबार उद्योग संघको स्थापना दिवसका अवसरमा बुटवलमा अायाेजित कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, बन तथा बातबरण मन्त्री लिला गिरीले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी नगद रु ३५ हजार ५ सय ५५ र कदरपत्र रहेको छ । पत्रकार के.सी. बिगत एक दशकदेखि भैरहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् ।

उनी लुम्बिनीखवर अर्धसाप्ताहिकको सम्पादक, दैनिक लुम्बिनी, राष्ट्रिय समाचार समितिकाे संवाददाता र नेपाल समय अनलाईनको प्रदेश पाँच प्रमुखको रुपमा कार्यरत छन् । केसि लुम्बिनी प्रेस कलबकाे उपाधयक्ष, नेपाल भारत पत्रकार मन्चकाे अधयक्ष तथा नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीकाे अध्यक्ष समेत हुन् । पुरस्कार प्रदान गर्दै उद्योगमन्त्री गिरीले उद्योगधन्दाको विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान पु¥याएकोमा धन्यवाद दिंदै थप सक्रियताका साथ कलम चलाउन आग्रह गरे । मन्त्री गिरिले समृद्धिकाे अाधार उद्योग धन्दा भएकाे बताउदै दक्ष जनशक्ति व्यवस्थापनमा सरकारले याेजना बनाईरहेकाे पनि बताए ।

साे अवसरमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पत्रकार महासंघसँग उद्योग संघले गरेको सहकार्यले निरन्तरता पाएकोमा आभार व्यक्त गर्दै उद्योग क्षेत्रको प्रवद्र्धन र विकासमा महासंघ सधै सहकार्य गर्न तत्पर रहेको बताए । पुरस्कृत भएपछि बोल्दै पत्रकार केसीले उद्योग क्षेत्रमा कलम चलाउन जिम्मेवारी थपिएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीले गठन गरेको पुरस्कार मूल्याङकन समितिले गरेको छनोटको आधारमा उनले पुरस्कार पाएका हुन् ।

रुपन्देही उद्योग संघले नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा २०५७ सालमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार स्थापना गरेको हो । उद्योग संघको स्थापना दिवसका अवसरमा पाँचजना उद्योगीलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बाेहराले सरकारले उद्योग व्यवसायिलाई साथमा लिएर हिड्नु पर्ने बताए । उनले नेपाली पत्रकारिता जगतले उद्योगकाे बिकासमा पुराएकाे याेगदान महत्त्वपूर्ण रहेकाे समेत बताए ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष महेन्द्र नारयण श्रेस्ठ, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज अालम, प्रदेश सासद भाेज प्रसाद श्रेस्ठ लगायतले मन्तब्य राखेका थिए । साे अवसरमा उत्कृस्ट उद्धाेगिकाे रुपमा अमृत भुसाल ( भुसाल केबल ईन्डस्ट्रिज), गिता भट्टराई सिद्धार्थ डेरि उद्योग ) , मित्रलाल न्याैपाने (बुटवल रेडिमिक्स) र बस्नेत गाई फार्मलाई पनि सम्मान गरिएकाे छ .

यसैगरि उद्योगमा काम गर्ने मजदुरका छाेराछाेरि मध्ये दिपक परियार र लिलबहादुर क्षेत्रिलाई १० हजार १ सय ५५ रुपैया बराबरकाे छात्रवृत्ति समेत प्रदान गरेकाे संघका अध्यक्ष बाबुराम बाेहराले बताए । साेहि अवसरमा २४ बर्षसम्म कार्यलय सचिब रहेर सेवा गरेका टिकाराम शर्मा र क्यानका नव निर्बाचित अध्यक्ष नवराज कुवरलाई पनि सम्मान गरिएकाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu