डाउनहिल साइक्लिङमा नेपालले जित्यो दुई स्वर्ण
काठमाडौं, मंसिर १८-
१३ औं साग खेलकुद अन्तर्गत डाउनहिल साइक्लिङमा बुधबार नेपालले दुईवटा स्वर्ण पदक जितेको छ।डाउनहिल एक किलोमिटर दूरीको साइक्लिङमा महिला र पुरुष दुवैतर्फ नेपालले स्वर्ण जितेको हो।पुरुषतर्फ राजेश मगर तथा महिलातर्फ निस्मा श्रेष्ठले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जितेका हुन्।यससँगै नेपालको स्वर्ण संख्या २७ पुगेको छ।